Kathmandu Press

अन्नपूर्ण हिमाल आरोहण गर्न पाकिस्तानी पर्वतारोही काठमाडौंमा

काठमाडौं, चैत ५ : अन्नपूर्ण हिमाल आरोहणका लागि पाकिस्तानी टोली नेपाल आएको छ। पर्वतारोही सर्बाज खान र अब्दुल जोशीसहितको चार सदस्यीय टोली बिहीबार...
अन्नपूर्ण हिमाल आरोहण गर्न पाकिस्तानी पर्वतारोही काठमाडौंमा

काठमाडौं, चैत ५ : अन्नपूर्ण हिमाल आरोहणका लागि पाकिस्तानी टोली नेपाल आएको छ। पर्वतारोही सर्बाज खान र अब्दुल जोशीसहितको चार सदस्यीय टोली बिहीबार काठमाडौं पुगेको हो।

अन्नपूर्ण आरोहणका लागि नेपाल आएको टोलीलाई बिदाई गर्दै पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले आरोहण सफलताका लागि शुभकामना दिएका छन्।

सो क्रममा उनले नेपाल र पाकिस्तानमा पर्वतीय पर्यटन ठूलो सम्भावना रहेकाले यसलाई प्रवर्धन गर्नुपर्ने बताए। उनले नेपाल आउने पाकिस्तानी पर्यटकलाई सहयोग गर्न नेपाल सरकार तत्पर रहेको बताए।

पाकिस्तानी अन्तर प्रान्तीय समन्वयमन्त्री फहमिदा मिर्जा र पर्यटनसम्बन्धी प्रधानमन्त्रीका विशेष सल्लाहकार जुल्फिकर बुखारीले अन्नपूर्ण आरोहणका लागि नेपाल आएको टोलीलाई सफलताको शुभकामना दिए।

प्रकाशित मिति: १९:०१ बजे, बिहीबार, चैत ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्