Kathmandu Press

युवालाई बिनाधितो र बिनाब्याज कर्जा दिँदै चाँगुनारायण नगरपालिका

काठमाडौं, चैत ५ : चाँगुनारायण नगरपालिकाले युवाहरूलाई बिनाधितो र बिनाब्याजको ऋण उपलब्ध गराउने भएको छ।बुधबार नगरपालिका र नेपाल बैंक लिमिटेडबीच नगरपालिकाका ३ सय युवालाई...
युवालाई बिनाधितो र बिनाब्याज कर्जा दिँदै चाँगुनारायण नगरपालिका

काठमाडौं, चैत ५ : चाँगुनारायण नगरपालिकाले युवाहरूलाई बिनाधितो र बिनाब्याजको ऋण उपलब्ध गराउने भएको छ।

बुधबार नगरपालिका र नेपाल बैंक लिमिटेडबीच नगरपालिकाका ३ सय युवालाई बिनाधितो र बिनाब्याज प्रतिव्यक्ति ३ लाख रुपैयाँ कर्जा दिने सहमति भएको हो।

नगरभित्रका युवाहरूको उद्यमशीलता वृद्धि गरी स्वरोजगार बनाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालनमा ल्याईएको नगरपालिकाले जनाएको छ। 

त्यसअन्तर्गत राष्ट्रिय युवा परिषद्ले ऋण लिने युवाहरूलाई १० समूहमा विभाजन गरी तालिम दिन सुरु गरेको छ। तालिमपछि नेपाल बैंकले ती युवाहरूलाई नगरपालिकाको सिफारिस र व्यावसायिक प्रस्तावका आधारमा नगरपालिकाको जमानीमा रकम प्रदान गर्नेछ।

कर्जाको ब्याज भने नगरपालिकाले तिर्ने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ। यससँगै युवालाई उद्यमशीलताका लागि बिनाब्याज तीन लाख रुपैयाँ ऋण दिने कार्यक्रम ल्याउने चाँगुनारायण देशकै पहिलो नगरपालिका हुने भएको छ।

प्रकाशित मिति: १७:४६ बजे, बिहीबार, चैत ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्