Kathmandu Press

सुत्केरीको शंकास्पद मृत्यु

सुत्केरीको शंकास्पद मृत्यु

दैलेख, चैत ५ : ठाटिकाँध गाउँपालिका–६ की एक सुत्केरीको शंकास्पद मृत्यु भएको छ । उनी सुत्केरी भएको १५ दिन मात्र भएको छ।

मृत्यु हुनेमा शेरबहादुर रोकायकी पत्नी ३२ वर्षीया हस्तना थापा रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

बुधबार स्थानीय ठाटिकाँध बजार गएर साँझ फर्केपछि बच्चा र पति शेरबहादुरसँगै सुतेका र बिहान हेर्दा हस्तनाको मृत्यु भएको देखिएको प्रहरी प्रमुख अनुपम श्रेष्ठले बताए। 

प्रहरीका अनुसार हस्तनाको मृत्यु शंकास्पद देखिएकाले थप अनुसन्धानका लागि पति शेरबहादुरलाई नियन्त्रणमा राखिएको छ । मृतक हस्तनाका यसअघि तीन छोरी छन्।

नवजात शिशुको अवस्था सामान्य रहेको आफन्तले जनाएका छन्। मृत्युको कारण पोस्टमार्टम रिपोर्टपछि खुल्ने प्रहरी प्रमुख श्रेष्ठले बताए।

प्रकाशित मिति: १७:२४ बजे, बिहीबार, चैत ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्