बिर्तामोड र दमकमा पनि क्लासिक टेकको इन्टरनेट सेवा
काठमाडौं, चैत ५ : इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्राइभेट लिमिटेडले एकै दिन दुईवटा आउटलेट सञ्चालनमा ल्याएको छ।कम्पनीले आफ्नो १०२ र १०३औंं...
काठमाडौं, चैत ५ : इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्राइभेट लिमिटेडले एकै दिन दुईवटा आउटलेट सञ्चालनमा ल्याएको छ।
कम्पनीले आफ्नो १०२ र १०३औंं आउटलेट प्रदेश १ को बिर्तामोड र दमकमा संचालन गरेको हो। प्रदेश १ का आफ्ना ग्राहकहरूलाई प्रत्यक्ष र सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ आउटलेट प्रमुख सहरहरूमा सञ्चालन गरेको कम्पनीले जनाएको छ।
कम्पनीले नयाँ आउटलेटहरूमध्ये एउटा बिर्तामोडको धनसूर्य कम्प्लेक्स शनिश्चरे रोडमा र अर्को दमकको मंगलदीप मार्केटको दोस्रो तल्लामा स्थापना गरेको छ। सञ्चालनमा ल्याएको नयाँ आउटलेटबाट कम्पनीले पूर्वी भेगका हरेक साना गाउँहरूमा आफ्नो नेटवर्क र सेवा बिस्तार गर्ने योजना बनाएको छ।
यसअघि नै क्लासिक टेकले बिर्तामोड र दमक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूलाई इन्ट्रानेट उपलब्ध गराउँदै आएकोमा अब भने कम्पनीले सर्वसाधारण ग्राहकहरूलाई समेत इन्टरनेट सेवा उपलब्ध गराउने उनीहरूको भनाइ छ। घरायसी प्रयोजन, साना कार्यालयहरू र कर्पोरेट कम्पनीहरूका साथै स्थानीयवासीका लागि समेत उक्त सेवा उपलब्ध हुनेछन्।
कम्पनीले धमाकेदार अफरअन्तर्गत २० एमबिपिएस स्पीडको इन्टरनेट केबल ७९९ प्रतिमहिना उपलब्ध गराउँदै आएको छ। जसमा १५० टिभी च्यानल र युट्युबसमेत हेर्न सकिने सुविधा रहेको कम्पनीले जनाएको छ।










-1754206481.jpg)
