नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा २० लाख
झापा, चैत ५ : पत्रकार महिलाको छाता सङ्गठन नारी सञ्चारगृह झापाले स्थापना गरेको ‘नारी सञ्चार प्रोत्साहन अक्षयकोष’ मा रु. २० लाखभन्दा बढी रकम...
झापा, चैत ५ : पत्रकार महिलाको छाता सङ्गठन नारी सञ्चारगृह झापाले स्थापना गरेको ‘नारी सञ्चार प्रोत्साहन अक्षयकोष’ मा रु. २० लाखभन्दा बढी रकम भएको छ।
पत्रकारिता क्षेत्रमा महिलालाई टिकाइराख्न क्षमता अभिवृद्धि गर्न र प्रोत्साहनस्वरुप पुरस्कार वितरण गर्ने उद्देश्यले २०७५ भदौमा अक्षयकोष स्थापना गरिएको थियो।
सोही अक्षयकोषका लागि बिहीबार सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले रु. १ लाख र व्यवसायी मीनप्रकाश मैनालीले रु. ५१ हजार १०१ प्रदान गरे। उनीहरूले संस्थाका अध्यक्ष भीमा शिवकोटी र कोषका संयोजक रेजिना गौतमलाई सो रकमबराबरको चेक हस्तान्तरण गरेका थिए।
महिला पत्रकारले समाज रुपान्तरणमा खेलेको भूमिका अतुलनीय रहेकाले कोषलाई सहयोग गरेको उनीहरूको भनाइ थियो।
संस्थाका अध्यक्ष शिवाकोटीले कोष वृद्धिका लागि गैरसरकारी सङ्घसंस्था तथा व्यक्तिले जन्मदिन, विवाह वार्षिकोत्सवलगायत कार्यक्रमको खर्च कटाएर समेत अक्षयकोषलाई सहयोग प्रदान गरिरहेको जानकारी दिए।
संस्थाले पाँच वर्षमा रु. २५ लाख अक्षयकोषमा जम्मा गर्ने गरी अभियान सञ्चालन गरेको थियो।











