म्यानपावर व्यवसायीको आन्दोलनले यात्रु नपाएर एयर अरेबियाको उडान रद्द
काठमाडौं, जेठ २० : नेपाल वैदेशिक रोजगार व्यवसायी सघंको आन्दोलनका कारण विदेश जाने यात्रु नपाएपछि एयर अरेबियाको काठमाडौं–रियादको उडान रद्द गर....
काठमाडौं, जेठ २० : नेपाल वैदेशिक रोजगार व्यवसायी सघंको आन्दोलनका कारण विदेश जाने यात्रु नपाएपछि एयर अरेबियाको काठमाडौं–रियादको उडान रद्द गरेको छ।
यात्रु नपाएपछि एयर अरेबियाको जी एन ५३२ को कलसाइन विमानको सोमबारको उडान रद्द भएको हो। एयर अरेबियाले काठमाडौं–रियादका लागि दैनिक तीन वटा उडान गर्दै आएको छ।
वैदेशिक रोजगार व्यवसायिक संघले एक वर्षदेखि बन्द रहेको मलेसियाको रोजगारी खुलाउनुपर्ने, धरौटीबापत राख्ने रकमको ब्याज दिनुपर्ने, कामदार पठाउँदा म्यानपावर कम्पनीले पाउने सेवा सुविधा अन्य देशकै जति पाउनु पर्नेलगायतका ७ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका छन्।
संघले जेठ १७ गतेबाट एक साताका लागि विदेशमा कुनै पनि कामदार नपठाउने निर्णयसँगै नेपालकै एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुनसान देखिएको छ। विशेषगरी वैदेशिक रोजगार क्षेत्रमा जाने कामदारका कारण खचाखच हुने विमानस्थल कामदार नभएकै कारण केही दिन यता सुनसानजस्तै छ।






