Kathmandu Press

नेपाललाई समृद्ध बनाउने उपाय खोज्दै कोरियामा विद्यार्थीको सेमिनार

नेपाललाई समृद्ध बनाउने उपाय खोज्दै कोरियामा विद्यार्थीको सेमिनार

काठमाडौं, चैत ५ : नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) को आठौं शैक्षिक सेमिनार सम्पन्न भएको छ। विदेशमा सिकेको ज्ञान, सीप तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त सेमिनार मार्च १३ र १४ मा सञ्चालन गरिएको थियो।

सेमिनार सेसनमा नेपाल, कोरिया तथा विश्वका विभिन्न विश्वविद्यालयमा अध्ययन अनुसन्धान गरिरहेका नेपाली विद्यार्थीहरू तथा विश्वभरि छरिएर रहेका विज्ञ, अनुभवी तथा दक्ष व्यक्तित्वहरूको उपस्थिति थियो।

जसमध्ये संस्थाका सभापति राजाराम श्रेष्ठ, नेपाली राजदूतावासका कार्यवाहक राजदूत रामसिंह थापा, गैरआवसीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदीलगायत व्यक्तित्वहरूको समेत उपस्थितिमा कार्यक्रमको उद्घाटन भएको सोनसिकले जनाएको छ। 

नेपाललाई विकास र समृद्धिसँग कसरी जोड्ने ? नीतिगत कार्यान्वयनमा विदेशमा रहेका विद्यार्थीको समन्वयकारी भूमिका कस्तो हुने ?  लगायत विषयलाई यस सेमिनारमा छलफल गरिएको थियो।

यस्तै डा. दिग्विजय महत प्रमुख वक्ताका रूपमा रहेर इन्जिनियरिङ एन्ड आर्टिफिसियल इन्टेलिजेन्सी, नेचुरल साइन्स, एप्लाइड साइन्स एन्ड बायो टेक्नोलोजी, हेल्थ एन्ड अप्लाइड साइन्स, एग्रिकल्चर फरेस्ट्री, फुड, ग्रिन इनर्जी एन्ड इकोलोजी र सोसियल साइन्स एन्ड म्यानेजमेन्ट गरी कुल ६ वटा सेसनमा कार्यक्रम सञ्चालन भएको हो।

सेमिनारमा विभिन्न विद्यार्थीले आफ्नो खोज अनुसन्धानबारे पोस्टर प्रदर्शनसमेत गरेका थिए। पोस्टरमध्येबाट उत्कृष्ट तीनलाई नगद ५० हजार वनसहित प्रमाणपत्र प्रदान गरिएको सोनसिकले जनाएको छ।
 

प्रकाशित मिति: १६:२३ बजे, बिहीबार, चैत ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्