Kathmandu Press

आर्मी अफिसर्स क्लबकाे साउना गर्ने कोठामा आगलागी

काठमाडौं, चैत ५ :आर्मी अफिसर्स क्लबमा आगलागी भएको छ। भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयस्थित आर्मी अफिसर क्लबको साउना गर्ने कोठामा आगलागी भएको हो।आगो केहीबेरमै...
आर्मी अफिसर्स क्लबकाे साउना गर्ने कोठामा आगलागी

काठमाडौं, चैत ५ :आर्मी अफिसर्स क्लबमा आगलागी भएको छ। भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयस्थित आर्मी अफिसर क्लबको साउना गर्ने कोठामा आगलागी भएको हो।

आगो केहीबेरमै नियन्त्रणमा लिइएको र सामान्य भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको नेपाली सेनाले जनाएको छ। बिजुली सर्ट भएर आगो लागेको बताइएको छ।

आगो निभाउन सेनाकै एउटा दमकल र दुईवटा पानी ट्यांकर, काठमाडौं महानगरका दुईवटा दमकल प्रयोग गरिएको थियो ।

नेपाली सेनाका डेढ सय भन्दा बढी सैनिक पनि आगलागी निभाउन जुटेका थिए। 

जंगी अड्डामै आगो लागेको भन्दै व्यापक हल्ला चले पनि एउटा सानो कोठामा मात्र आगो लागेको, हल्ला चलेजस्तो केही नभएको सेनाले जनाएको छ। 

प्रकाशित मिति: १५:५० बजे, बिहीबार, चैत ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्