Kathmandu Press

रुसी विदेशमन्त्रीले चीन भ्रमण गर्ने

बेइजिङ, चैत ५ : रुसी विदेशमन्त्री सर्गेई लाभरोभले आगामी मार्च २२ र २३ तारिखमा चीनको भ्रमण गर्ने भएका छन्। चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री...
रुसी विदेशमन्त्रीले चीन भ्रमण गर्ने

बेइजिङ, चैत ५ : रुसी विदेशमन्त्री सर्गेई लाभरोभले आगामी मार्च २२ र २३ तारिखमा चीनको भ्रमण गर्ने भएका छन्। 

चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा रुसी विदेशमन्त्री लाभरोभ चीन आउन लागेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बिहीबार घोषणा गरेका हुन्।

पछिल्लो समय रुस–चीन सम्बन्ध थप सुदृढ हुँदै गएको छ। कतिपय विश्व मामिलामा राष्ट्रसंघमार्फत रुस र चीनले समान धारणा अघि सार्ने गरेका छन्। 

प्रकाशित मिति: १५:२९ बजे, बिहीबार, चैत ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्