Kathmandu Press

रोकिएको नेपाल-भारत यातायात पुनः सञ्चालन गर्न अनुरोध

काठमाडौं, चैत ५ : कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले नेपाल-भारतबीच रोकिएको यातायात पुनः सञ्चालन गर्न सरकारसँग अनुरोध गरेको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...
रोकिएको नेपाल-भारत यातायात पुनः सञ्चालन गर्न अनुरोध

काठमाडौं, चैत ५ : कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले नेपाल-भारतबीच रोकिएको यातायात पुनः सञ्चालन गर्न सरकारसँग अनुरोध गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको सिसिएमसी बैठकले नेपाल-भारतबीच पहिला सञ्चालन हुँदै आएका र कोभिडका कारण गत वर्षको चैत ११ बाट रोकिएका १३ वटा रुटबाट पुनः यातायात सञ्चालनका लागि मन्त्रिपरिषद्लाई सिफारिस गरिएको जनाइएको छ।

त्यसो गर्दा यात्रुहरुले स्वास्थ्य मापदण्ड पूर्ण रुपमा लागु गर्नुपर्ने र ७२ घन्टाअगाडिको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रमाण पेस गर्नुपर्ने व्यवस्था गर्न सिफारिस गरिएको छ।

साेही बैठकले नेपाल–भारत सिमानामा भन्सार तिरेर नेपालमा सञ्चालन हुने भारतीय नम्बर प्लेटका सवारीसाधन पनि चलाउन दिने सिफारिस गरेको छ।

प्रकाशित मिति: १४:३२ बजे, बिहीबार, चैत ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्