Kathmandu Press

‘उखु किसानको बक्यौता भुक्तानी ८५ प्रतिशत भइसक्याे : मन्त्री अर्याल

काठमाडौं, चैत ५ : कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले उखु किसानहरुको बक्यौता भुक्तानी ८५ प्रतिशत भइसकेको बताएकी छन्।बिहीबार मन्त्रालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै...
‘उखु किसानको बक्यौता भुक्तानी ८५ प्रतिशत भइसक्याे : मन्त्री अर्याल

काठमाडौं, चैत ५ : कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले उखु किसानहरुको बक्यौता भुक्तानी ८५ प्रतिशत भइसकेको बताएकी छन्।

बिहीबार मन्त्रालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कृषि मन्त्रालयले भुक्तानी गर्न बाँकी रहेको रकम किसानको खातामा गएको दाबी उनले गरिन्।

उनले उखु किसानले भोग्नुपरेको भुक्तानी बक्यौता समस्याको दीर्घकालीन समाधान निकाल्दै उनीहरूको पहिचान गरे थप सेवा सुविधा, अनुदान दिने योजना बनिरहेको बताइन्। उनले उखु किसानहरूले अनिवार्य रूपमा दर्ता हुनुपर्ने व्यवस्था पनि गरिने बताइन्।

किसानले पाउने अनुदानमा बिचौलिया पस्न नदिन किसानको दर्ता व्यवस्था गरेकाे र त्यसले सरकारको अनुदान सिधै किसानको खातामा जाने दाबी मन्त्री अर्यालले गिरन्।

प्रकाशित मिति: १३:२० बजे, बिहीबार, चैत ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्