Kathmandu Press

आगलागीबाट ७६ वर्षीया वृद्धाको मृत्यु

ललितपुर, चैत ५ : आगलागीका कारण ललितपुर महानगरपालिका-१४ नख्खीपोटस्थित मगरटोलकी ७६ वर्षीया दानदेवी खड्गीको मृत्यु भएको छ।आफ्नै घरमा आज (बिहीबार) बिहान आगलागी हुँदा जलेर...
आगलागीबाट ७६ वर्षीया वृद्धाको मृत्यु

ललितपुर, चैत ५ : आगलागीका कारण ललितपुर महानगरपालिका-१४ नख्खीपोटस्थित मगरटोलकी ७६ वर्षीया दानदेवी खड्गीको मृत्यु भएको छ।

आफ्नै घरमा आज (बिहीबार) बिहान आगलागी हुँदा जलेर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

आगलागीबाट कोठाका फर्निचर तथा लत्ताकपडा गरी झन्डै १ लाख मूल्य बराबरको धनमाल नष्ट भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । गर्मी बढेसँगै अब आगालागी बढ्ने भएकाले सतर्क हुन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ।

मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाखयता मात्रै आगलागीका दुई हजार बढी घटना हुँदा ७९ जनाको  मृत्यु भएको छ भने ३३२ जना घाइते भएका छन्। आगलागीबाट रु एक अर्ब ५९ करोडको क्षति भएको प्राधिकरणले जनाएको छ। 

प्रकाशित मिति: १३:०३ बजे, बिहीबार, चैत ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्