कोइरालाको निधनप्रति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं, चैत ५ : कांग्रेस नेता अशोक कोइरालाको निधनप्रति सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।
विराटनगर उपमहानगरपालिकाका संस्थापक मेयर एवं नेपाली कांग्रेस मोरङका पूर्वसभापतिसमेत रहेका ७७ वर्षीय कोइरालाको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा निधन भएको हो।
सभापति देउवाले बिहीबार शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
नेपाली कांग्रेस महासमिति सदस्य रहेका कोइराला २०४८ सालको स्थानीय निर्वाचनबाट विराटनगर उपमहानगरको पहिलो मेयरमा विजयी बनेका थिए। २०४४ सालमा नेपाली कांग्रेसको जिल्ला सभापति बनेका कोइराला २०७० सालको संविधान सभा निर्वाचनमा संविधानसभा सदस्य समेत भएका थिए । उनी राष्ट्रिसभाका पूर्वउपाध्यक्ष पनि हुन्।
प्रकाशित मिति: १२:४३ बजे, बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











