प्रहरी चौकीमा विप्लव समूहको आक्रमण प्रयास, गृहले बोलायो आकस्मिक बैठक
काठमाडौं, जेठ २० : गृहमन्त्री रामबहादुर थापा बादलले सुरक्षा प्रमुखहरुको आकस्मिक बैठक बोलाएका छन्।
नेत्रविक्रम चन्द विप्लव नेतृत्व....

काठमाडौं, जेठ २० : गृहमन्त्री रामबहादुर थापा बादलले सुरक्षा प्रमुखहरुको आकस्मिक बैठक बोलाएका छन्।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्कामा रहेको प्रहरी चौकीमाथि आक्रमणको प्रयास गरेपछि गृहमन्त्री बादलले आकस्मिक बैठक बोलाएका हुन्।
विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले गएराति प्रहरी चौकीमै आक्रमणको प्रयास थालेपछि प्रहरीलाई सुरक्षित स्थानमा सारिएको छ भने हेलिकप्टरमार्फत नेपाली सेनाको टोली सोलुखुम्बु पठाइएको छ। विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरु मध्यरातमा चौकीमा प्रवेश गर्दा प्रहरी भने त्यहाँ थिएनन्। गस्तीमा गएका प्रहरीलाई गएराति नै सुरक्षित स्थानमा सारिएको छ।
गृहमन्त्री बादलले बोलाएको बैठकमा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी प्रमुख र गृह मन्त्रालयका उच्च अधिकारीहरू सहभागी छन्। बैठकमा विप्लव नेतृत्वको पार्टीले प्रहरी चौकीमै आक्रमणको प्रयास थालेकाले त्यसलाई कसरी रोक्न सकिन्छ भन्नेबारे रणनीति बनाउन बैठक बोलाइएको हो। तर, गृह मन्त्रालयले भने यसलाई नियमित बैठक भनेको छ।











