Kathmandu Press

सोलुखुम्बुको प्रहरी चौकीमा विप्लवको आक्रमण प्रयास, प्रहरीलाई सुरक्षित स्थानमा सारियो

सोलुखुम्बु, जेठ २० : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्कास्थित प्रहरी ....

सोलुखुम्बुको प्रहरी चौकीमा विप्लवको आक्रमण प्रयास, प्रहरीलाई सुरक्षित स्थानमा सारियो
फाइल फोटो

सोलुखुम्बु, जेठ २० : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्कास्थित प्रहरी चौकीमा आक्रमण प्रयास गरेका छन्।

उनीहरूले हिजो राति आक्रमणको प्रयास गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरू आक्रमण गर्न ठूलो समूहमा आएका थिए। तर, विप्लव कार्यकर्ता आउनु अगाडि नै प्रहरी र हातहतियार सुरक्षित स्थानमा सारिएको थियो।

‘आक्रमण गर्ने सूचना पाएका थियौं, त्यसैले अगाडि नै खाली गरेका थियौं,’ जिल्ला प्रहरी कार्यालय स्रोतले भन्यो, ‘प्रहरी चौकीमा कोही नदेखेपछि विप्लवका कार्यकर्ता फर्केर गए।’

छेस्का प्रहरी चौकीमा असई हिराप्रसाद देवकोटाको नेतृत्वमा प्रहरी टोली रहेको थियो। त्यहाँ ६ जना प्रहरी कार्यरत थिए। उनीहरूलाई आइतबार राति नै सुरक्षित स्थानमा सारेर प्रहरी चौकी खालि गरिएको थियो।

आज बिहानै डिएसपी शालिकराम शर्माको नेतृत्वमा प्रहरी टोली छेस्का पुगेको छ। हेलिकप्टरमा थप सुरक्षाकर्मी पनि छेस्कामा परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, सशस्त्र प्रहरीको टोली पनि परिचालन गरिएको छ।

 

प्रकाशित मिति: १४:२६ बजे, सोमबार, जेठ २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्