Kathmandu Press

कक्षा ११ को को ग्रेड बृद्धिको परीक्षाफल प्रकाशित

काठमाडौं, चैत ४ : कक्षा ११ को ग्रेड बृद्धि परीक्षाको परीक्षाफल बुधबार प्रकाशित भएको छ।राष्ट्रिय परीक्षा बोर्डले आशिंक तथा ग्रेड वृद्धिको लागि परीक्षा...
कक्षा ११ को को ग्रेड बृद्धिको परीक्षाफल प्रकाशित

काठमाडौं, चैत ४ : कक्षा ११ को ग्रेड बृद्धि परीक्षाको परीक्षाफल बुधबार प्रकाशित भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले आशिंक तथा ग्रेड वृद्धिको लागि परीक्षा सञ्चालन गरेको थियो। यसमा आंशिकतर्फ एक लाख ५६ हजार नौ सय ६३ र ग्रेड बृद्धितर्फ १० हजार दुई सय ७८ विद्यार्थी सहभागी थिए।

विद्यार्थीले प्राप्त अंकमा चित्त नबुझेमा पुनःयोग पनि गर्न सक्ने व्यवस्था गरिएको छ। यसका लागि १५ दिनभित्र परीक्षा नियन्त्रण कार्यालयमा निवेदन दिनसकिने भएको छ।

प्रकाशित मिति: १९:४२ बजे, बुधबार, चैत ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्