बजेट आएसँगै मूल्यवृद्धि, मासको दाल ११० रुपैयाँ
काठमाडौं, जेठ २० : आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट आएसँगै दैनिक उपभोग्य वस्तुको मूल्य पनि बढेको छ। ब्यापारीले आफूखुशी मूल्य बढाउन थालेका छन्।
....काठमाडौं, जेठ २० : आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट आएसँगै दैनिक उपभोग्य वस्तुको मूल्य पनि बढेको छ। ब्यापारीले आफूखुशी मूल्य बढाउन थालेका छन्।
कर्मचारीको तलब बृद्धि, पेट्रोलियम पदार्थमा कर लगाएसँगै दैनिक उपभोग्य वस्तुको मूल्य पनि बढ्न थालेको हो। बजेट आएको एक साता नपुग्दै तरकारी, खाद्यन्नमा प्रतिकिलोग्राम ३० रुपैयाँसम्म मूल्य बढाइएको छ।
सबैभन्दा बढी मूल्य बढेको दैनिक उपभोग्य बस्तुमा दाल पनि हो। बजेट आउनु अघि मासको दाल एक किलोग्रामको ८० रुपैयाँ थियो। पाँच दिनमै ३० रुपैयाँ बढेको छ। आज मासको दाल एक केजीको एक सय १० रुपैयाँ लिने गरिएको छ।
त्यस्तै तरकारीको भाउ पनि बढेको छ। यो पाँच दिनमा सबैभन्दा बढी गोलभेडाको मूल्य बढेको छ। कालीमाटी तरकारी बजार समितिका अनुसार, बजेट आउनु अघि गोलभेडा एक केजीको ८० देखि ९५ रुपैयाँ थियो। आज एक केजीको एक सय १० रुपैयाँ पुगेको समितिले जनाएको छ।
बजेट अघि प्याजको मूल्य प्रतिकेजी ४० रुपैयाँ दियो भने अहिले ५५ रुपैयाँ पुगेको छ। ५० रुपैयाँमा पाइने आलु अहिले ६५ रुपैयाँ भएको छ।
यस्तै, काउली पनि बजेट आउन अघि प्रतिकेजी एक सय रुपैयाँ थियो। अहिले भने एक सय १० रुपैयाँ पुगेको छ।
अन्य पदार्थमा पनि अत्यधिक मूल्य बढेको उपभोक्ता मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए । ‘व्यवसायिकले मनलाग्दी मूल्य लिइरहेका छन्, अनुगमन छैन,’ अध्यक्ष तिमिल्सिनाले भने।
दैनिक उपभोग्य वस्तुको भाउ बढेको उपभोक्ता संरक्षण विभागलाई पनि थाहा छ। गत साता तरकारीको मूल्य बढेको खबर आएपछि विभागले अनुमगन गरेको थियो। बजेट आएपछि भने विभाग पनि चुपचाप छ।
उपभोग्य वस्तुको भाउ बढेको उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचन पनि स्वीकार्छन्। तर, कर्मचारी अभावले प्रभावकारी रुपमा अनुगमन गर्न नसकिएको उनको भनाइ छ। ‘हामीले अनुगमन गरेका छौँ तर हामी आफैमा पनि सन्तुष्ट छैनौं। कर्मचारीको समस्या छ,’ उनले भने।
केही ठाउँमा कारवाही पनि गरिएको उनले बताए। प्रभावकारी रुपमा अनुमगन र कारवाही गर्न नसकिएको बताउँदै उनले भने, ‘हामीलाई पनि लागेको छ कि आक्रमक तरिकाले काम गर्न सकेका छैनौँ तर अनुगमन गरेका छौँ, कारवाहि पनि नियम अनुसार गरेको छौं। अब कर्मचारी पूर्ति भएपछि अनुगमन आक्रमक हुन्छ।’












-(7)-1765197040.jpg)