Kathmandu Press

बुधबार थपिए ९४ जना कोरोना संक्रमित

बुधबार थपिए ९४ जना कोरोना संक्रमित

काठमाडौं, चैत ४ : नेपालमा बुधबार थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा २७८१ मा पिसिआर गर्दा ९४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी  दिएको  छ । 

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ५१८ पुगेको छ।

पछिल्लो २४ घन्टामा ५५ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार ५५० पुगेको छ।
 

प्रकाशित मिति: १६:५१ बजे, बुधबार, चैत ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्