Kathmandu Press

दिल्लीमा एक नेपाली महिलाको गोली हानी हत्या

काठमाडौं, चैत ४ : भारतको नयाँ दिल्लीमा एक नेपाली महिलाको गोली हानी हत्या गरिएको छ।भारतीय प्रहरीका अनुसार हत्यी गरिएका महिला नयाँ दिल्लीस्थित तिमारपुरमा...
दिल्लीमा एक नेपाली महिलाको गोली हानी हत्या

काठमाडौं, चैत ४ : भारतको नयाँ दिल्लीमा एक नेपाली महिलाको गोली हानी हत्या गरिएको छ।

भारतीय प्रहरीका अनुसार हत्यी गरिएका महिला नयाँ दिल्लीस्थित तिमारपुरमा बस्दै आएकी ४५ वर्षीया मीना नाम गरेकी महिला हुन्। मोटरसाइकलमा आएका आक्रमणकारीले उनीमाथि बुधबार ७ बजे गोली प्रहार गरेका हुन्।

मीना नयाँ दिल्लीमा सामान्य किसिमको व्यापार गर्दै आएको त्यहाँको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आक्रमणमा परेलगत्तै उनलाई अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीले आक्रमणकारीको व्यापक खोजी गरिरहेको जनाइएको छ।

प्रकाशित मिति: १५:३५ बजे, बुधबार, चैत ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्