Kathmandu Press

सामाजिक सुरक्षाभत्ता बढाएको बेठीक हो भने औपचारिक रूपमा बोल्नुस् : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं, जेठ २० : नेकपा महासचिव एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले सामाजिक सुरक्षा भत्ता वृद्धि गरेको विषयमा टिप्पणी गर्ने हो भने औपचारिक रुपमा त्य....

सामाजिक सुरक्षाभत्ता बढाएको बेठीक हो भने औपचारिक रूपमा बोल्नुस् : पूर्वअर्थमन्त्री पौडेल

काठमाडौं, जेठ २० : नेकपा महासचिव एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले सामाजिक सुरक्षा भत्ता वृद्धि गरेको विषयमा टिप्पणी गर्ने हो भने औपचारिक रुपमा त्यसको विरोध गर्न चुनौती दिएका छन्।

प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै पौडेलले प्रतिपक्षी कांग्रेसतर्फ लक्ष्यित गर्दै भने, ‘लोककल्याणकारी अविभाराबाट सरकार विमुख हुन सक्दैन। सामाजिक सुरक्षा भत्ता बेठीक हो भनेर औपचारिक रूपमा भन्ने आँट गर्नुपर्छ।’ कांग्रेस नेताहरूले बजेटलाई वितरणमुखी भन्दै आलोचना गरेका थिए।

पूर्वअर्थमन्त्री पौडेलले भने, ‘कोही भोकै पर्दैन भोकले कोही मर्दैन भन्ने कार्यान्वयन गर्ने संकल्पसाथ आएको छ।’

बजेटले आयात हुने कच्चापदार्थको भन्सार महंगो तर तयारी मालको भन्सार सस्तो हुने विसंगतिलाई यसले करेक्सन गरेको बताउँदै उनले यथार्थपक ढंगले बजेट प्रस्तुत गरिएको बताए। 

मुद्रास्फीतिलाई सीमाभित्र बाँध्ने नीति लिएको बताउँदै उनले भने, ‘राजश्वनीतिबारे यो बजेट ठीक ठाउँमा उभिएको छ। ८.५ प्रतिशतको लक्ष्य भेदन हुन्छ। यसबाट दुई अंकको आर्थिकवृद्धि संभव हुने सुनिश्चित गराउँछ।’

बजेटको प्रभावकारी कार्यान्वयन गर्नसके पाँच लाख रोजगारी सिर्जना हुने बताउँदै उनले भने, ‘यसलाई प्रभावकारी कार्यान्वयन गर्न सके पाँच लाखभन्दा बढी रोजगारी सिर्जना हुन्छ। सन्तुलित देखाउन पाँच लाख मात्र भनिएको हो।’

विगतमा सबै बजेटजस्तै यो बजेट पनि कार्यान्वयनको चुनौती रहेको बताउँदै पौडेलले भने, ‘अर्थमन्त्रीले पेश गरे पनि राष्ट्रको बजेट हो। बजेट कार्यान्वयनका लागि सत्ता र प्रतिपक्ष मात्र हैन, सिंगो देश नै एकजुट भएर सकारात्मक योगदान गर्न आग्रह गर्छु।’ बजेटले समस्यालाई राम्ररी ठम्याएका कारण सफल कार्यान्वयन हुने आशा पनि उनले व्यक्त गरे।

 

 

प्रकाशित मिति: १२:१९ बजे, सोमबार, जेठ २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्