Kathmandu Press

नेप्सेले सोध्यो निफ्रालाई स्पष्टीकरण

काठमाडौं, चैत ४ : नेपाल स्टक एक्सचेन्ज (नेपसे) ले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लाई स्पष्टीकरण सोधेको छ।विभिन्न सञ्चार माध्यमममा प्रकाशित समाचारमा लन्डन स्टक...
नेप्सेले सोध्यो निफ्रालाई स्पष्टीकरण

काठमाडौं, चैत ४ : नेपाल स्टक एक्सचेन्ज (नेपसे) ले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लाई स्पष्टीकरण सोधेको छ।

विभिन्न सञ्चार माध्यमममा प्रकाशित समाचारमा लन्डन स्टक एक्सचेन्जमा सूचीकृत गरी ३० मिलियन डलर बन्ड ल्याउने विषयमा स्पष्टीकरण सोधिएको हो।

त्यस्तै नेप्सेले कम्पनीको सेयर मूल्यमा प्रभाव पर्न सक्ने गरी आगामी वर्ष १० प्रतिशत लाभांश दिने भनी गरेको प्रचारबारे पनि स्पष्टीकरण सोधेको छ।

निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले केही दिनअघि चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेन्जमा ३० मिलियन डलर बन्ड जारी गर्न लागेको बताएका थिए। 

यसमा के–कति सत्यता छ भन्दै नेप्सेका कामु सहायक प्रबन्धक सुबोध ढुंगेलले तीन दिनभित्र लिखित जवाफ पेस गर्न पत्राचार गरेका हन्।

प्रकाशित मिति: १३:१० बजे, बुधबार, चैत ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्