Kathmandu Press

शिकार आरक्षमा आगलागी, ३० हेक्टर वन जलेर नष्ट

गलकोट, चैत ४ : नेपालको एक मात्रै शिकार वनस्थल ढोरपाटन शिकार आरक्षको  जङ्गलमा आगलागी भएको छ । आरक्षको बागलुङ जिल्ला क्षेत्रको बुकी क्षेत्र काङको...
शिकार आरक्षमा आगलागी, ३० हेक्टर वन जलेर नष्ट

गलकोट, चैत ४ : नेपालको एक मात्रै शिकार वनस्थल ढोरपाटन शिकार आरक्षको  जङ्गलमा आगलागी भएको छ । आरक्षको बागलुङ जिल्ला क्षेत्रको बुकी क्षेत्र काङको जङ्गलमा आगलागी भएको हो । 

सोमबारदेखि लागेको आगलागी मङ्गलबार साँझ मात्रै नियन्त्रणमा आएको शिकार आरक्ष कार्यालय बागलुङका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँंडेलले जानकारी दिए । आरक्षको सुरक्षार्थ खटेको शत्रुमर्दन गुल्मको सेना तथा आरक्षका कर्मचारीले फायर लाइन निर्माण गरी आगलागी नियन्त्रणमा लिएका थिए । 

आगलागीबाट आरक्षको करीब ३० हेक्टर वनमा क्षति पुगेको छ । समयमै सुरक्षाकर्मी र कर्मचारी खटिएका कारण आगलागी नियन्त्रणमा आउँदा वन्यजन्तुको क्षति हुन नपाएको आरक्षले जनाएको छ । 
 

प्रकाशित मिति: १२:५७ बजे, बुधबार, चैत ४, २०७७