Kathmandu Press

सिकार आरक्षकाे आगलागीले ३० हेक्टर वन नष्ट

सिकार आरक्षकाे आगलागीले ३० हेक्टर वन नष्ट

बागलुङ, चैत ४ : ढोरपाटन शिकार आरक्षको जंगलमा आगलागी हुँदा ३० हेक्टर वनमा क्षत िपुगेको छ । आरक्षको बागलुङ जिल्लास्थित बुकी क्षेत्र काङको जंगलमा आगलागी भएको हो। 

सोमबारदेखि लागेको आगो मंगलबार साँझ मात्रै नियन्त्रणमा आएको शिकार आरक्ष कार्यालय बागलुङका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँंडेलले जानकारी दिए।

आरक्षको सुरक्षार्थ खटेको शत्रुमर्दन गुल्मको सेना तथा आरक्षका कर्मचारीले फायर लाइन निर्माण गरी आगलागी नियन्त्रणमा लिएका थिए।

समयमै सुरक्षाकर्मी र कर्मचारी खटिएका कारण आगलागी नियन्त्रणमा आउँदा वन्यजन्तुको क्षति हुन नपाएको आरक्षले जनाएको छ। 

प्रकाशित मिति: १२:४२ बजे, बुधबार, चैत ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्