Kathmandu Press

सांसद संग्रौलाले संसद सचिवालयमा दर्ता गराइन् ३ प्रस्ताव

काठमाडौं, चैत ४ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले संसद सचिवालयमा सार्वजनिक महत्वका विभिन्न ३ प्रस्ताव दर्ता गराएकी छन् । कोरोना...
सांसद संग्रौलाले संसद सचिवालयमा दर्ता गराइन् ३ प्रस्ताव

काठमाडौं, चैत ४ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले संसद सचिवालयमा सार्वजनिक महत्वका विभिन्न ३ प्रस्ताव दर्ता गराएकी छन् । 

कोरोना भाइरस संक्रमणको महामारीका कारण रोजगारी गुमाएका नेपालीबारे छलफल गर्न माग गर्दै सांसद संग्रौलाले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएकी हुन् ।

संग्रौलाले रोजगारी सिर्जना, तालिम, सहुलियत ऋण तथा बजार सुनिश्चित गर्न स्पष्ट मार्गचित्र बनाउन सरकारलाई झक्झक्याउन संसदले पहल गर्न अत्यावश्यक भएको भन्दै सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएकी हुन् ।

लकडाउनका बेला बालबालिका र महिला बढी असुरक्षित भएको भन्दै संग्रौलाले संसदमा ध्यानाकर्षण प्रस्ताव दर्ता गराएकी छन्। 

प्रकाशित मिति: १२:३४ बजे, बुधबार, चैत ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्