Kathmandu Press

रुसले दियाे ट्विटर प्रतिबन्धकाे चेतावनी 

काठमाडौं, चैत ४ : रुसले ट्विटर प्रतिबन्ध गर्ने चेतावनी  दिएको छ। उसले टरमा प्रतिबन्धित सामग्री नराख्न पनि माग राखेकाे छ।रूसी अधिकारीहरूले ट्विटरबाट प्रतिबन्धित न सामग्री...
रुसले दियाे ट्विटर प्रतिबन्धकाे चेतावनी 

काठमाडौं, चैत ४ : रुसले ट्विटर प्रतिबन्ध गर्ने चेतावनी  दिएको छ। उसले टरमा प्रतिबन्धित सामग्री नराख्न पनि माग राखेकाे छ।

रूसी अधिकारीहरूले ट्विटरबाट प्रतिबन्धित सामग्री हटाउन गरेको माग एक महिनाभित्र पूरा नभए आफ्नो देशमा ट्विटरको प्रयोगमा प्रतिबन्ध लगाउने चेतावनी दिएका हुन्।

अधिकारीहरूले ट्विटरले बाल अश्लीलता, लागूपदार्थको प्रयोग र बच्चाहरूलाई आत्महत्या गर्ने प्रयास गर्न प्रोत्साहित गरेको उदाहरण दिएका छन्।

मंगलबार रूसी समाचार एजेन्सीले दिएकाे रिपोर्टअनुसार एक महिनाभित्र ट्विटरबाट प्रतिबन्धित सामग्री हटाउन चेतावनी दिइएकाे देशको सञ्चार निरीक्षण बोर्डका उपप्रमुख भाडिम सुब्बोटिनले गरेका हुन्।

सुब्बोटिनले ट्विटरले सरकारको अनुरोधमा केही प्रतिक्रिया नदिएको र यस्तै स्थिति जारी रहे अदालतको आदेशबिना नै यसलाई प्रतिबन्ध गरिने बताए। 
ट्विटरले भने कुनै पनि गैरकानुनी व्यवहार वा थप अवैध गतिविधिका लागि आफ्नो एप्स उपयोग गर्न अनुमति नदिने बताएको छ।

प्रकाशित मिति: १२:२४ बजे, बुधबार, चैत ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्