नवलपरासीमा हावाहुरी, एकको मृत्यु, केही घाइते
नवलपरासी, जेठ २० : नवलपरासीमा आएको हावाहुरीले एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन्। हावाहुरीले केही घरहरूमा समेत क्षति पुर्याएको छ।
....
नवलपरासी, जेठ २० : नवलपरासीमा आएको हावाहुरीले एक जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन्। हावाहुरीले केही घरहरूमा समेत क्षति पुर्याएको छ।
प्रहरीका अनुसार, नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणीकी १० वर्षीया अञ्जली यादवको मृत्यु भएको हो।
हिजो साँझ आएको हावाहुरीका कारण घरको जस्तापाता उडेको थियो। त्यही जस्तापाताले लाग्दा अञ्जलीको मृत्यु भएको जनाएको छ।
जस्तापाताले लागेर अञ्जलीको घटनास्थलमा नै मृत्यु भएको त्रिवेणी इलाका प्रहरी कार्यालयका सई कृष्ण शाहले बताए।
हावाहुरीका कारण विनयी त्रिवेणी वडा नं. ६ र ७ का ८० घरमा क्षति पुर्याएको छ। अधिकांश घरको छानो उडाएको प्रहरीले जनाएको छ।
घरको छानो उडाउदा लागेर केही स्थानीय बासिन्दा सामान्य घाइते भएका छन्।