मिनीट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौं, चैत्र ४ : मिनीट्रकले ठक्कर दिँदा काठमाडौंको मूलपानीमा मोटरसाइकल चालकको ज्यान गएको छ ।कागेश्वरी मनोहरा नगरपालिका ६, मूलपानीमा बा ५ ख १८२...
काठमाडौं, चैत्र ४ : मिनीट्रकले ठक्कर दिँदा काठमाडौंको मूलपानीमा मोटरसाइकल चालकको ज्यान गएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका ६, मूलपानीमा बा ५ ख १८२ नम्बरको मिनीट्रकले प्रदेश ३–०२–०१२ प ५८४२ नम्बरको मोटरसाइकललाई मंगलबार बेलुकी ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकलका चालक २७ वर्षीय सुरज कुईंकेलको ज्यान गएको प्रहरीले जानकारी दिएको छ। घाइते भएका कुईंकेललाई उपचारका लागि नेपाल मेडिकल कलेज, अत्तरखेल पुर्याइएपनि उपचारकै क्रममा उनको मृत्यु भएको हो।
प्रकाशित मिति: ०८:५७ बजे, बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











