Kathmandu Press

वीरगञ्ज-जीतपुर-सिमरा कोरिडोर निर्माणको तयारी

काठमाडौं, चैत ३ : सरकारले एसियाली विकास बैंकको सहयोगमा वीरगञ्जमा महत्वपूर्ण कोरिडोर परियोजना निर्माणको तयारी गरेको छ।बीरगञ्ज-जीतपुर-सिमरा कोरिडोर परियोजना सफल भएमा त्यस क्षेत्रको...
वीरगञ्ज-जीतपुर-सिमरा कोरिडोर निर्माणको तयारी

काठमाडौं, चैत ३ : सरकारले एसियाली विकास बैंकको सहयोगमा वीरगञ्जमा महत्वपूर्ण कोरिडोर परियोजना निर्माणको तयारी गरेको छ।

बीरगञ्ज-जीतपुर-सिमरा कोरिडोर परियोजना सफल भएमा त्यस क्षेत्रको आर्थिक विकासमा कायापलट हुने सरोकारवालाले बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित ‘कोरिडोर योजनाको पहिचान र विकास’ सम्बन्धी कार्यशाला गोष्ठीमा सरोकारवाला निकायका प्रतिनिधिले तीन तहकै सरकारबीच समन्वय गरेर परियोजनालाई सफल बनाउनुपर्नेमा जोड दिएका छन्।

कार्यक्रममा बोल्दै शहरी विकासमन्त्री प्रभु साहले वीरगञ्ज मुलुककै प्रमुख आर्थिक केन्द्र भएकाले त्यस क्षेत्रको विकासलाई अघि बढाउन सके मात्र समग्र मुलुकको विकासमा टेवा पग्ने बताए।

वीरगञ्ज–जीतपुर–सिमरा कोरिडोर परियोजनालाई योजनावद्ध ढंगले अघि बढाउन जरुरी रहेको उल्लेख गर्दै त्यसका लागि सरकार आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको बताए।

कार्यक्रममा वीरगञ्ज महानगरपालिका मेयर बिजय सरावगीले कोरिडोरको विकासले नै मुलुकको समग्र आर्थिक विकासलाई प्रोत्साहित गर्ने भएकाले यसको सफलताका लागि सवै पक्षको सहयोग र समन्वय महत्वपूर्ण हुने धारणा राखे।

पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियारले सडक पूर्वाधारको विकाससँगै नागरिकको सामाजिक र आर्थिक विकासमा पनि ठोस कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।

निजगढ नगरपालिका प्रमुख सुरेश खनालले कोरिडोरको सिमांकन गर्दा स्थानिय तहबीच समन्वय गर्नुपर्ने बताए।
जीतपुर सिमराकी उपमेयर सरस्वतीदेवी चौधरीले भविष्यमा हुने सक्ने सवारी चापलाई मध्यनजर गरी कोरिडोर निर्माणको योजना बनाउनपर्ने बताइन्।

शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेलले सबैको अपनत्व हुने गरी परियोजना संचालनको खाकालाई मूर्तरुप दिइने बताए।

 

प्रकाशित मिति: २०:४९ बजे, मंगलबार, चैत ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्