Kathmandu Press

टेलिकम सेवा प्रदायकले हटाए कोभिड सीआरबीटी

कोभिड-१९ बाट बच्ने उपाय उल्लेख भएका कलर रिङब्याक टोन (सीआरबीटी) टेलिफोन सेवा प्रदायकहरूले हटाएका छन्।
टेलिकम सेवा प्रदायकले हटाए कोभिड सीआरबीटी

काठमाडौं, चैत ३ : कोभिड-१९ बाट बच्ने उपाय उल्लेख भएका कलर रिङब्याक टोन (सीआरबीटी) टेलिफोन सेवा प्रदायकहरूले हटाएका छन्।

निजी क्षेत्रको टेलिकम सेवा प्रदायक एनसेलका एक उच्च अधिकारीका अनुसार उक्त कम्पनीले कोभिड-१९ विरुद्ध खोप अभियान सुरु भएदेखि नै सीआरबीटी हटाइएको थियो।  त्यसयता म्यासेज प्रवाह मात्र बाँकी थियो।

‘कोभिडको सीआरबीटी खोप अभियान सुरु भएपछि नै हामीले हटाइसकेका थियौँ। एसएमएस र ओबीडी (आउट बाउन्ड डायलिङ) मात्र बाँकी थिए,’ एनसेलका ती अधिकारीले भने, ‘१० दिनयता करिब ८० लाखजनालाई ओबीडी र एसएमएस पठायौँ।’

उनका अनुसार त्यसरी जनचेतनामुलक सामग्री प्रवाह गर्न सरकारले गत आइतबारसम्मको समय दिएको थियो। उक्त अवधि सकिएपछि म्यासेज पठाउन छाडिएको छ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले स्वास्थ्य मन्त्रालयको पत्रअनुसार मंगलबार साँझदेखि कोभिड सीआरबीटी हटाइएको जानकारी दिए।

टेलिकम सेवा प्रदायकहरूले सरकारको अनुरोधमा ६ चैत ०७६ देखि कोभिड-१९ विरुद्ध जनचेतनामुलुक सीआरबीटी बजाउन र म्यासेज प्रवाह गर्न थालेका थिए।
 

प्रकाशित मिति: २०:०२ बजे, मंगलबार, चैत ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्