नागढुङ्गाबाट लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ
काठमाडौं, चैत ३ : नेपाल प्रहरीले प्रतिबन्धित लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले बाराबाट काठमाडौं आउँदै गरेको ना...
काठमाडौं, चैत ३ : नेपाल प्रहरीले प्रतिबन्धित लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले बाराबाट काठमाडौं आउँदै गरेको ना ७ ख ७१३२ नम्बरको यात्रुबाहक बस जाँचका क्रममा मंगलबार लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतको बिहारस्थित मोतिहारी मौहावाका १९ वर्षीय पप्पुकुमार यादव र मोतिहारी बेलाजितपुरका २६ वर्षीय सुवासकुमार यादव रहेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता रमेशकुमार बस्नेतले झोलामा लुकाएर ल्याएको एक हजार ४९० एम्पुल लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको बताए।
प्रहरीले पक्राउ परेका सुवासकुमार यादवसँग २९५ एम्पुल डाइजेपाम, ३०० एम्पुल फेनारगन, २९५ एम्पुल नुर्फिन तथा पप्पु यादवसँग २०० एम्पुल डाईजेपाम, २०० एम्पुल फेनारगन र २०० एम्पुल नुर्फिन बरामद गरेको छ। दुवैलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











