ग्यास लिक भएर आगलागी हुँदा चार जना घाइते
कैलाली, चैत ३ : कैलालीको टीकापुर नगरपालिका–१ मा आगलागी हुँदा चार जना घाइते भएका छन।भान्सामा ग्यास लिक हुँदा स्थानीय जीवन विष्टको घरमा आगलागी...
कैलाली, चैत ३ : कैलालीको टीकापुर नगरपालिका–१ मा आगलागी हुँदा चार जना घाइते भएका छन।
भान्सामा ग्यास लिक हुँदा स्थानीय जीवन विष्टको घरमा आगलागी भएको हो। आगलागी हुँदा ३० वर्षीय निज विष्ट, २८ वर्षीया बबिता विष्ट, तीन वर्षीय छोरा जेनेल र विजयनगर मुक्तकमैया शिविरका हरि चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले बताए।
घाइतेमध्ये जीवन र हरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अन्य दुईको अवस्था समान्य छ। गम्भीर घाइते दुवै जनालाई कोहलपुर लगिएको छ।
ग्यास जडान गर्ने क्रममा लिक भएर आगलागी भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १७:५१ बजे, मंगलबार, चैत ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











