Kathmandu Press

थप १०४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, चैत ३ : नेपालमा मंगलबार थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घन्टामा २७९० मा पिसिआर गर्दा १०४ जनामा कोरोना...
थप १०४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, चैत ३ : नेपालमा मंगलबार थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा २७९० मा पिसिआर गर्दा १०४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ४२४ पुगेको छ।

पछिल्लो २४ घन्टामा ९४ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार ४९५ पुगेको छ।
 

प्रकाशित मिति: १६:३६ बजे, मंगलबार, चैत ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्