Kathmandu Press

चिनियाँ सामग्री सीधै रसुवागढी नाकामा

रसुवा, चैत ३ : उत्तरी नाका रसुवागढीबाट आयात भइरहेको चिनियाँ सामग्री ल्हासादेखि रसुवागढीसम्म सिधै  ढुवानी हुन थालेको छ । नेपाली  व्यवसायीले मगाएका सामग्री...
चिनियाँ सामग्री सीधै रसुवागढी नाकामा

रसुवा, चैत ३ : उत्तरी नाका रसुवागढीबाट आयात भइरहेको चिनियाँ सामग्री ल्हासादेखि रसुवागढीसम्म सिधै  ढुवानी हुन थालेको छ । नेपाली  व्यवसायीले मगाएका सामग्री पहिलो चरणमा केरुङमा गोदाम गर्ने र मोटरद्वारा रसुवागढी पठाउने व्यवस्था हुँदै आएको थियो । यसलाई परिवर्तन गर्दै चिनियाँ ढुवानी कम्पनीले ल्हासादेखि सिधै रसुवागढी ल्याउन शुरुआत गरेको रसुवा भन्सार कार्यालयले जनाएको छ । 

गोदाम  र भरिया खर्चमा कमी तथा महँगो कन्टेनर भाडासमेत घटेपछि बजार भाउमा केही सरलता आउने बताइएको छ ।  अहिले ल्हासाबाट सामान बोकेका  कन्टेनर सिधै रसुवागढी  आउन थालेको  प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए । उनले आयात भएका सामग्री  नेपाली कन्टेनरमा  रूपान्तरण गरी भन्सार हातामा प्रवेश भइसकेको बताए । 

चिनियाँ ल्होसार पर्वका कारण केही समय स्थगन भएको थियो ।  गत फागुन २१ गतेदेखि पुनः सञ्चालन भएको ढुवानी अन्तर्गत चिनियाँ व्यापारीले रसुवागढी पु¥याएका सामग्री भन्सार हातामा आएका थिए ।   आ–आफ्ना सामानको परिमाण घोषणा गर्न आयातकर्ताका  प्रतिनिधि समयमै उपस्थित नहुँदा भन्सार जाँचपास भने हुन सकेके छैन ।

उनले माल सामग्री बोकि आएका करीब ८० मालवाहक ट्रक÷कन्टेनर भन्सार हातामा रहेको जानकारी दिए । सामान आयात गर्ने व्यापारीले आफ्नो कन्टेनरमा रहेको सामानका नाम र परिमाण घोषणाको फारम भर्ने प्रावधान रहेको छ ।  भन्सार जाँचकीले ती सामग्रीको परीक्षण गरी भन्सार शुल्क यकिन गर्दछन् । 

बिग्रने वस्तुमा पर्ने लसुन बोकी आएका केही कन्टेनर भने जाँचपास गरी छोडिएको बताइएको छ । भन्सार शुल्कबापतको  राजश्वतर्फ गत फागुन २१ गतेदेखि करीब तीन करोड मात्र सङ्कलन भएको कार्यालयले जनाएको छ ।

कोभिड–१९ को सङ्क्रमण रोकथाम गर्न केरुङसम्मको आउजाउ बन्द भए पनि नेपाली बजारका लागि माल सामग्री भने मितेरी पुलमा पु¥याई  चिनियाँ पक्षले निरन्तर सहयोग गरिरहेको बताइन्छ ।
 
हाल आयात भएका सामग्रीमा विद्युतीय उपकरण, तयारी पोशाक, जुत्ता चप्पललगायत विविध छन् ।रासस
 

प्रकाशित मिति: १४:२८ बजे, मंगलबार, चैत ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्