Kathmandu Press

पत्रकार ढकाललाई ज्यान मार्ने धम्की 

काठमाडौं, जेठ १९ : जनप्रहार साप्ताहिकका प्रधान सम्पादक विनोद ढकाललाई ज्यान मार्ने धम्की आएको छ।

चितवनको भरतपुरमा धुमुर्स–सुन्तली ....

पत्रकार ढकाललाई ज्यान मार्ने धम्की 

काठमाडौं, जेठ १९ : जनप्रहार साप्ताहिकका प्रधान सम्पादक विनोद ढकाललाई ज्यान मार्ने धम्की आएको छ।

चितवनको भरतपुरमा धुमुर्स–सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबारे लेख लेखेको भन्दै ज्यान मार्ने धम्की दिइएको हो।

पत्रकार ढकाललाई रंगशालाबारे लेखेको भन्दै विभिन्न व्यक्तिहरुले सामाजिक संजालमार्फत् ज्यान मार्ने धम्की दिएको फ्रिडम फोरमले जनाएको छ।

ढकाल जनप्रहार साप्ताहिकका प्रधान सम्पादक हुन्। रंगशाला क्षेत्रमा लगाइएको जस्तापाताको बारलाई स्थानीयहरुले डोजर चलाएर भत्काएपछि पत्रकार ढकालले विभिन्न कोणबाट त्यसको समीक्षा गर्दै दैनिक नेपाल अनलाइनमा लेख प्रकाशन गरेका थिए।

फ्रिडम फोरमले आइतबार एक विज्ञप्ति जारी गर्दै अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्रतापूर्वक आफ्नो विचार तथा अभिव्यक्त गर्न पाउने संवैधानिक व्यवस्थाविरुद्ध भएको भन्दै घटनाको भत्र्सना पनि गरेको छ।  फोरमले सरकार तथा सम्बन्धित सरोकारवालासँग पत्रकारको ज्यूधनको ग्यारेन्टी गर्न माग गरेको छ।
 

प्रकाशित मिति: २०:०५ बजे, आइतबार, जेठ १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्