Kathmandu Press

प्रतिनिधिसभाको अर्को बैठक चैत ६ गते 

काठमाडौं, चैत ३ : प्रतिनिधिसभाको आजको बैैठकले तत्कालीन संविधानसभा सदस्य दिनेशचन्द्र यादवका निधनमा शोक प्रस्ताव पारित गरेको छ ।  सभामुख अग्निप्रसाद सापकोटाले पूर्व खानेपानी...
प्रतिनिधिसभाको अर्को बैठक चैत ६ गते 

काठमाडौं, चैत ३ : प्रतिनिधिसभाको आजको बैैठकले तत्कालीन संविधानसभा सदस्य दिनेशचन्द्र यादवका निधनमा शोक प्रस्ताव पारित गरेको छ ।  

सभामुख अग्निप्रसाद सापकोटाले पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री यादवका निधनमा प्रस्तुत गरेको शोक प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो । 

बैठकमा यादवप्रति श्रद्धाञ्जलि अर्पण गर्दै  एक मिनेट मौनधारण गरिएको थियो । उनको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ  ।

उनी विसं २०७० को संविधानसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट बाँके क्षेत्र नं २ बाट निर्वाचित थिए । यादवको ७५ वर्षका उमेरमा गत माघ १ गते निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही चैत ६ गते अपराह्न १ बजे बस्नेछ ।
 

प्रकाशित मिति: १३:४० बजे, मंगलबार, चैत ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्