हिमाली क्षेत्रमा पनि नयाँ शैक्षिक सत्र असारमा सुरु हुने
काठमाडौं, चैत्र ३ : हिमाली जिल्लाहरूमा पनि यस वर्ष जेठमा मात्र शैक्षिक सत्र सक्किएर असारमा नयाँ शैक्षिक सत्र सुरु हुने भएको छ । यस अघि...
काठमाडौं, चैत्र ३ : हिमाली जिल्लाहरूमा पनि यस वर्ष जेठमा मात्र शैक्षिक सत्र सक्किएर असारमा नयाँ शैक्षिक सत्र सुरु हुने भएको छ ।
यस अघि मुगु र कालीकोट जिल्लाको केही क्षेत्रका साथै हुम्ला, जुम्ला, डोल्पा, मनाङ, मुस्ताङ जिल्लामा हिउँदमा हिमपातका कारण विद्यालयमा प्रतिकूल प्रभाव पर्ने भएकोले फागुन १ देखि नयाँ शैक्षिक सत्र सुरु हुँदै आएको थियो ।
तर यस वर्ष कोरोनाका कारण पठनपाठनमा असर परेकाले हिमाली जिल्लाहरूमा पनि अन्य जिल्लाहरुसँगै असारबाट नै नयाँ शैक्षिक सत्रसुरु गरिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: १२:२१ बजे, मंगलबार, चैत ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











