बोरामा भेटियो महिलाको शव
काठमाडौं, चैत ३ : बल्खुको सुकुम्बासी टोलमा एक महिलाको शव बोरामा पोको पारिएको अवस्थामा फेला परेको छ । सोमबार साँझ टहराको घरमा सन्तोषी श्रेष्ठ सापकोटाको...
काठमाडौं, चैत ३ : बल्खुको सुकुम्बासी टोलमा एक महिलाको शव बोरामा पोको पारिएको अवस्थामा फेला परेको छ ।
सोमबार साँझ टहराको घरमा सन्तोषी श्रेष्ठ सापकोटाको शव बोरामा पोका पारिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
जोरपाटी माइती भएकी ३३ वर्षीय सन्तोषी परिवारसँग बल्खुमा बस्दै आएकी थिइन् ।
ह्यामरले हिर्काएर उनको हत्या गरिएको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ। प्रहरीका अनुसार पति सन्तोष सापकोटासँग उनको पछिल्लो समय घरायसी विवाद बढेको थियो ।
सन्तोषीका श्रीमान सन्तोष फरार छन् । यद्यपि श्रीमान पक्राउ परेपछि मात्रै यसबारे थप जानकारी हुने प्रहरीले बताएको छ।
प्रकाशित मिति: १२:१३ बजे, मंगलबार, चैत ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











