Kathmandu Press

प्राचीन ‘एन्टिकिथेरा मेकानिजम’को रहस्य सुल्झाउँदै वैज्ञानिकहरू

वैज्ञानिकहरू सबैभन्दा पुरानो कम्प्युटर मानिएको दुई हजार वर्ष पुरानो ‘एन्टिकिथेरा मेकानिजम’को रहस्य सुल्झाउने प्रयासमा छन् । उनीहरूले अन्ततः ‘कसमस प्यानल’का लागि पूर्ण डिजिटल...
प्राचीन ‘एन्टिकिथेरा मेकानिजम’को रहस्य सुल्झाउँदै वैज्ञानिकहरू

वैज्ञानिकहरू सबैभन्दा पुरानो कम्प्युटर मानिएको दुई हजार वर्ष पुरानो ‘एन्टिकिथेरा मेकानिजम’को रहस्य सुल्झाउने प्रयासमा छन् । उनीहरूले अन्ततः ‘कसमस प्यानल’का लागि पूर्ण डिजिटल मोडेल तयार पार्दै यो रहस्य सुल्झाउने प्रयास थालेका हुन् ।

‘एन्टिकिथेरा मेकानिजम’ पहिलोपल्ट रोमन युगमा प्रयोग भएको मानिन्छ । यो यन्त्र त्यतिबेला समुद्रमा डुबेको पानीजहाजबाट ग्रिसका गोताखोरहरूले सन् १९०० मा खोजेर निकालेका थिए । यो यन्त्र जुत्ता राख्ने बक्सको आकारको छ । जब यसमा गियर हालिन्छ, अलौकिक वस्तुको जस्तो गतिविधि देखिन्छ ।

उत्खनन् गरिएको वस्तु कुनै ठूलो उपकरणको एक तिहाइ भाग मात्र हो । अति परिष्कृत र हातबाट चलाइने यो यन्त्रले सूर्य र चन्द्र ग्रहणको भविष्यवाणी गर्छ र ग्रहहरूको गति देखाउँछ । प्राचीन युनानमा यसरी नै खगोलीय जानकारी प्राप्त हुन्थ्यो भन्ने आकलन छ ।

Hardik ivf

तथापि, वर्षौँको कडा मिहिनेतबाट पनि वैज्ञानिकहरूले उक्त प्रविधिको नक्कल उतार्न सकेका छैनन् । यसमा प्रयोग भएको यन्त्रकला र डिजाइन अनौठो छ । खिया लागिसकेको यो तामाको टुक्रा समुद्री दलदलमा फेला परेको थियो ।

युनिभर्सिटी कलेज लन्डन (यूसीएल)का अनुसन्धानकर्ताले भने उपकरणको डिजाइन पूर्ण रूपमा पुनः सिर्जना गरिएको दाबी गरेका छन् । अब त्यस डिजाइनले प्राचीन यन्त्रको जस्तो काम गर्छ कि गर्दैन भन्ने अनुसन्धानमा वैज्ञानिक जुटेका छन् ।

‘हाम्रो कामले सानदार एन्टिकिथेरा मेकानिजमलाई एक सुन्दर खाका दिएको छ,’ १२ मार्चमा अनुसन्धान टोलीले साइन्स रिपोर्ट्स नामक जर्नलमा लेखेका छन्, ‘यसले प्राचीन ग्रिसमा प्रयोग भएका प्राविधिक क्षमताबारे हालसम्म अनुमान लगाइँदै आएका सबै धारणालाई चुनौती दिन्छ ।’

एन्टिकिथेराको पुनर्निर्माण किन?

यसको सबै रहस्यको कारण र धेरै प्रश्नको जवाफ गहिराइसम्म पुगेर खोतल्ने वैज्ञानिकहरूको प्रयास छ । त्यसैले यसलाई पुनर्निर्माण गर्न खोजेका हुन् । हालसम्म कसैले पनि सबै भौतिक मोडेलसँग मेल खाने कसमस (ब्रहमाण्ड)को मोडेल सिर्जना गरेको थिएन ।

‘यस उपकरणको जटिलता र एकै समयमा बनेको अरूबीचको दूरी असीमित छ,’ यूसीएलका वैज्ञानिक एडम वजिकले लाइभ साइन्ससँग भने, ‘स्पष्ट रूपमा भन्नुपर्दा अहिलेसम्मका खोज अनुसन्धानमा यस्तो कुनै तथ्य फेला परेको छैन । यो यस संसारभन्दा बाहिरको कुरा हो ।’ 

जटिल गियरहरू उपकरणको मेकानिजममा प्रयोग भएका अनुपात हुन्, जुन तपाईंले हजुरबाको पालामा लगाइने घडीमा भेटिने आशा गर्न सक्नुहुन्थ्यो । तर, सोही अवधिभरि पत्ता लागेका अन्य गियरहरू भने धेरै ठूला चिज हुन् । जस्तो– ब्यालिस्टिक्स, ठूला धनुषकाँण वा ठूलो आकारका गुलेली ।

यस निर्माण प्रक्रियाबारे धेरै प्रश्न छन् । यस्तो अनौठो यन्त्र कसले कसरी बनाएको थियो भन्ने जवाफ मिलेको छैन । एन्टिकिथेरा टापुनजिक डुबेको एक पानीजहाजबाट यसको अवशेष फेला परेको हो ।

‘यो यन्त्र जहाजमा कि राखिएको थियो ? हामीले केवल एक तिहाइ भेट्यौँ, बाँकी दुई तिहाइ भाग कहाँ छ ? के तिनीहरु सबै नष्ट भएका थिए ? के यो काम गर्ने अवस्थामा थियो ?’ वजिकले भने, ‘यी ती प्रश्नहरू हुन्, जुन हामी केवल प्रयोगात्मक पुरातत्वमार्फत जवाफ दिन सक्छौँ । यो जवाफचाहीँ प्राचीन युरोपमा धार्मिक र खगोलीय प्रयोजनमा निर्माण हुने विश्वास गरिएको ‘स्टोनहेन्ज’ कसरी बनेको थियो भनेजस्तै हो । केही डोरी र ठूलो ढुंगाका साथ दुई सय व्यक्तिलाई लिऔँ र यसलाई सेल्सबरी मैदानमा तान्ने प्रयास गरौँ । हो, यहाँ हामी त्यस्तै गर्न खोजिरहेका छौँ ।’

पहिलो कम्प्युटर बनाउँदै

एन्टिकिथेरा मेकानिजमको मोडेल तयार पार्न अनुसन्धानकर्ताले थप अनुसन्धान गरे । अनुसन्धान टोलीमा लन्डनस्थित विज्ञान संग्रहालयका पूर्वव्यवस्थापक माइकल राइट पनि थिए । उनले त्यसको ‘रेप्लिका’ तयार पारिसकेका थिए ।

एन्टिकिथेरा मेकानिजममा प्रयोग गरिने अभिलेख भेटियो । त्यसमा ग्रहहरू कसरी चल्छन् र ग्रिसका पुराना दार्शनिक पार्मेनेडिजले डिजाइन गरेको गणितात्मक मोडेल उल्लेख थियो । त्यसैबाट वैज्ञानिकहरूले कम्प्युटर मोडेलका लागि ओभरल्यापिङ गियर्स सिर्जना सफलता पाए । यो केवल एक इन्च गहिराइ (२.५ सेन्टीमिटर) को डब्बामा फिट हुन्छन् ।

सोही मोडेल अपनाएर गियर र घुम्ने डायल पुनर्निर्माण गरिएको छ, जसले कसरी ग्रहहरू, सूर्य र चन्द्रमा राशी चक्रमा घुम्छन्, त्यसको अगाडिपट्टि ताराको पुरानो नक्सा तथा चन्द्रमाका चरणहरू र पछाडि ग्रहण हुन्छ । यसले पुरानो ग्रिसको अवधारणालाई प्रतिविम्बित गर्छ । उक्त अवधारणाअनुसार स्वर्गहरू पृथ्वीको चारैतिर घुम्छन् ।

उक्त प्रविधिको मोडेल तयार पारेका अनुसन्धानकर्ताहरू यस यन्त्रको भौतिक संस्करण तयार पार्न चाहन्छन् । सर्वप्रथम आधुनिक प्रविधिमार्फत यो उपकरणले काम गर्छ कि गर्दैन भनेर हेर्ने तयारीमा वैज्ञानिक छन् । त्यसपछि मात्र प्राचीन युनानीहरूले कसरी प्रविधिको प्रयोग गर्थे भन्ने कुरा आउनेछ ।

‘प्राचीन ग्रिसमा यस्तै प्रविधि प्रयोग हुन्थ्यो भन्ने कुनै सबुत प्रमाण फेला परेको छैन । यो वास्तवमै रहस्य हो,’ वजिकले भने, ‘तिनीहरूले यस्तो यन्त्र बनाएको हुनसक्ने भनेर जाँच्ने एक उत्तम तरिका भनेको यसलाई प्राचीन ग्रिसकै तरिकाले निर्माण गर्ने कोशिस गर्नु हो ।’

वजिकका अनुसार धेरैमा यस्तो उपकरण आर्किमिडिजले नै बनाउँथे भन्ने विश्वास पाइन्छ । ‘उनी यो यन्त्र निर्माण भएको समयकालकै थिए र अरू कसैसँग उनीसँग जस्तो इन्जिनियरिङ क्षमता थिएन,’ उनी भन्छन् ।

रोमनहरूले प्राचीन सहर सिराक्युजलाई कब्जामा लिएपछि आर्किमिडिजको हत्या गरे । उनी आफैँले तयार पारेका हतियारबाट आफ्नो सहरको रक्षा गर्न सकेनन् । के प्राचीन ग्रिसमा अरू पनि यस्तै यन्त्र बनाउँथे ? वैज्ञानिकहरू यही प्रश्नको जवाफ खोज्नमा लागिपरेका छन् । उनीहरूको खोजीबाट एन्टिकिथेरा उपकरणका थप प्रतिलिपी पनि फेला पर्न सक्छन् । ‘यो ढुंगे युगमा देखापरेको टार्डिस (टाइम मेसिन) जस्तै हो,’ वजिकले भने । 

- साइन्स अर्लट डट कमबाट

प्रकाशित मिति: ०६:२५ बजे, मंगलबार, चैत ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्