बागमति प्रदेश निर्माण व्यवसायी महासंघमा सुवितको नेतृत्व
काठमाडाैं, चैत २ : बागमति प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा सुवित श्रेष्ठ निर्वाचित भएका छन् । धादिङमा भएको प्रथम अधिवेशनले सुवित श्रेष्ठलाई अध्यक्षमा...
काठमाडाैं, चैत २ : बागमति प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा सुवित श्रेष्ठ निर्वाचित भएका छन् । धादिङमा भएको प्रथम अधिवेशनले सुवित श्रेष्ठलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । अध्यक्षसहित अन्य पदाधिकराीहरु पनि निर्विरोध चयन भए।
प्रथम अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजाराम न्हिसुतु, उपाध्यक्षमा दिपेन्द्र थापा र महासचिवमा राजकुमार बुढाथोकी निर्विरोध चयन भए । यस्तै, उप–महासचिवमा भक्तबहादुर बस्नेत, सचिवमा कृष्णकुमार केसी, कोषाध्यक्षमा उमेश रिजाल तथा सह–कोषाध्यक्षमा राजेश भेटवाल चयन भए।
यस्तै, राजेन्द्र उप्रेती, पदमबहादुर श्रेष्ठ, लिला कुमारी थापा, हिरा लामा, इन्द्रबहादुर तामाङ, चन्द्र कुमार वाईवा र लामा रेन्जन घले कार्यसमिति सदस्यमा चयन भएका छन्। १६ सदस्यीय कार्यसमिति सदस्यका बाँकी सदस्यहरु भने कार्यसमिति बैठकले मनोनयन गर्ने छ।
प्रकाशित मिति: २०:१६ बजे, सोमबार, चैत २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
