Kathmandu Press

सिराहा बमकाण्डमा एक युवक पक्राउ

लहान, चैत २ : सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम बिस्फोटमा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन्।सोमबार सशस्त्र प्रहरीको टोलीले बम...
सिराहा बमकाण्डमा एक युवक पक्राउ

लहान, चैत २ : सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम बिस्फोटमा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन्।

सोमबार सशस्त्र प्रहरीको टोलीले बम बिस्फोटमा संलग्न रहेको आरोपमा ३९ वर्षीय बलराम मण्डललाई पक्राउ गरेको प्रहरीले जनाएको छ। लहान नगरपालिका १८ बलरामलाई सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको सशस्त्र प्रहरीका एसपी दिनेश गिरीले बताए।

उनी यसअघि पनि विभिन्न बमकाण्ड र अपराधिक क्रियाकलापमा संलग्न रहेको एसपी गिरीले बताए। उनका अनुसार मालपोत कार्यालयको सिसिटिभी फुटेज हेर्दा र बलरामको गतिविधि हेर्दा संलग्न भएको आंशका गरिएको हो।

मालापोत कार्यालयमा भएको विष्फोटमा आठ जना घाइते भएका थिए। उनीहरुमध्ये एक जनाको अवस्था गम्भीर छ।

विस्फोटको जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारी समूहले जिम्मेवारी लिएको थियो।

प्रकाशित मिति: १९:५१ बजे, सोमबार, चैत २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्