Kathmandu Press

एमालेको नाम फेर्न सन्ध्या तिवारीले दिइन् आयोगमा निवेदन

काठमाडौं, चैत २ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी)को नाम परिवर्तन गर्न सन्ध्या तिवारीले निर्वाचन आयोगमा निवेदन दिएकी छिन्।नेकपा (एमाले) र नेकपा...
एमालेको नाम फेर्न सन्ध्या तिवारीले दिइन् आयोगमा निवेदन

काठमाडौं, चैत २ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी)को नाम परिवर्तन गर्न सन्ध्या तिवारीले निर्वाचन आयोगमा निवेदन दिएकी छिन्।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भएर नेकपा बनेपछि तिवारीले नेकपा (एमाले)को नाममा पार्टी दर्ता गरेकी थिइन्। सर्वोच्च अदालतले नेकपा एकीकरणको निर्णय बदर गरेपछि एमाले र माओवादी पूरानै अवस्थामा ब्युतिएका हुन्।

त्यसपछि निर्वाचत आयोगले तिवारीलाई आफ्नो पार्टीको नाम फेर्न पत्रचार गरेको थियो। आफूले दर्ता गरेको एमालेको नाम फेर्ने तिवारीले सोमबार निवेदन दिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए। अब आयोगको बैठक बसेर नाम परिवर्तन गर्ने उनले बताए।

तिवारीले सोमबार आयोगमा दिएको निवेदनमा एमालेको नाम परिवर्तन गरेर जनताको जनवाद पार्टी (जजपा) नेपाल राख्न आग्रह गरेकी छिन्। आफ्नो पार्टीको केन्द्रीय कमिटी बैठकले जजपा नाम राख्ने निर्णय गरेको उनले उल्लेख गरेकी छिन्।

 

 

प्रकाशित मिति: १८:३१ बजे, सोमबार, चैत २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्