उद्योग वाणिज्य संघको स्थानीय आर्थिक समिति विस्तार
काठमाडौं, चैत २ : नेपाल उद्योग वाणिज्य महासङ्घको स्थानीय आर्थिक विकास समिति विस्तार गरिएको छ।महासंघका कार्यकारिणी समितिका सदस्य सुरकृष्ण वैद्यको नेतृत्वमा स्थानीय आार्थिक...
काठमाडौं, चैत २ : नेपाल उद्योग वाणिज्य महासङ्घको स्थानीय आर्थिक विकास समिति विस्तार गरिएको छ।
महासंघका कार्यकारिणी समितिका सदस्य सुरकृष्ण वैद्यको नेतृत्वमा स्थानीय आार्थिक विकास समिति गठन भएको थियो। समिति विस्तार गरेर महासङ्घको कार्यकारिणी समितिका सदस्य उमेश डालमिया र महेन्द्रकुमार श्रेष्ठ थपिएका छन्।
समिति सदस्यमा महासङ्घको कार्यकारिणी समितिका सदस्य चक्रबहादुर अधिकारी, कुवीरकुमार श्रेष्ठ, अमृत भट्टचन, गजेन्द्रकुमार भगत, गोपाल केडिया र आर एन्ड डी इनोभेसन सोलुशन प्रालीका अध्यक्ष सुनिता नेमाफुकीलगायत छन्।
समिति विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै महासङ्घका अध्यक्ष शेखर गोल्छाले स्थानीय तहमा आर्थिक विकासका सम्भाव्यताको पहिचान गरी सोहीअनुसार कार्यक्रम तय गर्न सुझाव दिए। साथै उनले महासङ्घकातर्फबाट नेपाल सरकारमा केकस्तो सल्लाह सुझाव दिँदा स्थानीय आर्थिक विकासका माध्यमबाट स्थानीय जनताको जीवनस्तर सुधार, उद्यमशीलता विकास र रोजगारी सिर्जनामा सहयोग पु¥याउन सकिन्छ सोअनुसार समितिलाई क्रियाशील राख्नुपर्ने बताए।
कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्ष दिनेश श्रेष्ठ र अञ्जन श्रेष्ठले समितिलाई बधाई दिँदै स्थानीय सीप, स्रोत साधन र कच्चा पदार्थमा आधारित उद्योग व्यवसाय विस्तारका लागि महासङ्घका तर्फबाट के कसरी सहयोग गर्न सकिन्छ सोको पहिचानसहित अगाडि बढ्न शुभकामना दिए।










-1754206481.jpg)
