Kathmandu Press

आज थप ७९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, चैत २ : आज देशभर थप ७९ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार...
आज थप ७९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, चैत २ : आज देशभर थप ७९ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार तीन सय १० पुगेको छ। आज ७५ जना संक्रमित निको भएका छन्। निको हुनेको संख्या पनि दुई लाख ७१ हजार चार सय एक पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर आठ सय ९५ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ४४ जना क्वारेन्टाइनमा रहेका छन्। नेपालमा २२ लाख १८ हजार ७ सय २२ पीसीआर परीक्षण भएका छन्।

नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या तीन हजार १४ पुगेको छ।

प्रकाशित मिति: १७:५८ बजे, सोमबार, चैत २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्