Kathmandu Press

विराटनगरमा तीन ठाउँमा आकाशे पुल बन्ने

मोरङ, चैत २ : विराटनगर महानगरपालिका क्षेत्रमा तीनवटा आकाशे पुल बन्ने भएको छ। यातायात साधनको बढ्दो चापलाई ध्यानमा राखी नागरिकलाई सडक वारपार गर्न सजिलोका...
विराटनगरमा तीन ठाउँमा आकाशे पुल बन्ने
सांकेतिक तस्बिर

मोरङ, चैत २ : विराटनगर महानगरपालिका क्षेत्रमा तीनवटा आकाशे पुल बन्ने भएको छ। यातायात साधनको बढ्दो चापलाई ध्यानमा राखी नागरिकलाई सडक वारपार गर्न सजिलोका लागि महानगरले  सोमबार  एकैपटक तीन आकाशे पुलको संयुक्त रूपमा शिलान्यास गरिएको छ।

विराटनगरको बरगाछी, कञ्चनवारी र भट्टीभोडको घाँस चोकमा निर्माण गरिने पुल चालू आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको नगरका इन्जिनियर अर्जुन थापाले जानकारी दिए।
    
ती पुलहरू २ करोड ४७ लाखको लागतमा स्टिल स्ट्रक्चरको आधारमा २५ मिटर लम्बाइ, ५ दशमलव ५ मिटर उचाइको हुनेछ । एक ठाउँबाट अर्को ठाउँमा सार्ने पुल बरगाछीमा दुई ‘स्टेयर’, घाँस चोक र  कञ्चनबारीमा चार ‘स्टेयर’ को हुनेछ ।
    
कला बिल्डरले बरगाछी र घाँस चोकको  र आरके बिल्डर्सले कञ्चनबारीको निर्माणको ठेक्का पाएको  इञ्जिनियर थापाले बताए।

सो अवसरमा आयोजित कार्यक्रममा महानगरका प्रमुख भीम पराजुलीले नगरको यातायात, स्वास्थ्य , शिक्षा  र खेलकूदको क्षेत्रमा महानगरले काम गरेको चर्चा गर्दै आगामी दिन नगरको शोभा झल्किने नगर स्वागतद्वार निर्माण गर्ने बताए।
    

प्रकाशित मिति: १६:३८ बजे, सोमबार, चैत २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्