Kathmandu Press

सफ्टवेयर सोर्स कोड र युजर इन्टरफेस दुरुपयोग गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं, २ चैत : प्रिफेस टेक्नोलोजीले सोर्स कोड र युजर इन्टरफेसको दुरुपयोग गरेको आरोपमा आइतबार तीनजनालाई नियन्त्रणमा लिइएको छ। उनीहरू दाङको लमही–५ का...
सफ्टवेयर सोर्स कोड र युजर इन्टरफेस दुरुपयोग गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं, २ चैत : प्रिफेस टेक्नोलोजीले सोर्स कोड र युजर इन्टरफेसको दुरुपयोग गरेको आरोपमा आइतबार तीनजनालाई नियन्त्रणमा लिइएको छ। उनीहरू दाङको लमही–५ का बिमल केसी, रुपन्देहीको मायादेवी–५ का श्यामबहादुर चौधरी र नवलपरासी पूर्वको कावासोती–७ का शंकर ज्ञवाली रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबै प्रिफेस टेक्नोलोजी प्रालिका सञ्चालक रहेको प्हरीले जनाएको छ। 

आफ्नो स्वामित्वमा रहेको सफ्टवेयरको सोर्स कोड र युजर इन्टरफेस हुबहु नक्कल गरी प्रिफेस टेक्नोलोजी कम्पनीमार्फत बिक्री गरेको आरोप उनीहरूमाथि लगाइएको छ। 
पक्राउ परेका तीनैजनालाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाही गरिने प्रहरीको भनाइ छ।

प्हरीका अनुसार सो कम्पनीका अन्य सञ्चालक भने फरार छन् ।

प्रकाशित मिति: १५:५३ बजे, सोमबार, चैत २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्