Kathmandu Press

जंगली जनावरले सखाप पारे हिउँदे  बाली

जलेश्वर, चैत २ : महोत्तरी जिल्लाका विभिन्न स्थानीय तहमा किसानले लगाएका लाखौँ रुपैयाँ बराबरको हिउँदे बाली जङ्गली जनावरले सखाप पारेको छ।जिल्लाका मटिहानी, भङ्गहा, जलेश्वर,...
जंगली जनावरले सखाप पारे हिउँदे  बाली

जलेश्वर, चैत २ : महोत्तरी जिल्लाका विभिन्न स्थानीय तहमा किसानले लगाएका लाखौँ रुपैयाँ बराबरको हिउँदे बाली जङ्गली जनावरले सखाप पारेको छ।

जिल्लाका मटिहानी, भङ्गहा, जलेश्वर, मनरासिस्वा, बलवा, लोहारपट्टि र गौशाला नगरपालिकासहित पिपरा, एकडारा, सम्सी, सोनमा गाउँपालिकामा केही दिनदेखि हुलका हुल जङ्गली जनावर आएर खेतबारीमा लगाइएका हिउँदे बाली सखाप पारेको स्थानीय किसानले जानकारी दिएका छन्।

ती स्थानीय तहका विभिन्न क्षेत्रका सयौं बिघा क्षेत्रफलमा लगाइएका तरकारी, दलहन, तेलहन, गहुँ बाली र फलफूल जंगलबाट आएका नीलगाई, घोरगद्दर र जंगली सुँगुरहरुले सखाप बनाएको मटिहानीका किसान रामबाबु नायकले बताए।

दिनभरि वन क्षेत्रमा लुकेर बस्ने र राति दर्जनौंको सङ्ख्यामा आएर ती जनावरले  बालीनाली खाइदिने र खेतबारीसमेत खनेर तहसनहस गर्ने गरेको सम्सीका किसान विपीनविहारी यादवले जानकारी दिए। 

ती जनावरलाई धपाउन स्थानीयवासीले समूह बनाएर राति जाँदा जनावर मानिसको आभास पाउनेबित्तिकै वनतिर भागेर लुक्ने गरेको छ । पछि पुनः किसान फर्किसकेपछि जनावर आएर खेतबारी चर्ने गरेको मनरासिस्वाका किसान रवीन्द्र भगतले बताए। 

प्रकाशित मिति: १४:३४ बजे, सोमबार, चैत २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्