सेनाकाे आयाेजनामा पर्सा राष्ट्रिय निकुुञ्जमा साइक्लिङ
काठमाडौं, चैत २ : नेपाली सेनाले सेना दिवसका अवसरमा पर्सा राष्ट्रिय निकुुञ्जलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने ध्येयले सेनाले निजगढ र जितपुरका स्थानीय तहको सहकार्यमा...
काठमाडौं, चैत २ : नेपाली सेनाले सेना दिवसका अवसरमा पर्सा राष्ट्रिय निकुुञ्जलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने ध्येयले सेनाले निजगढ र जितपुरका स्थानीय तहको सहकार्यमा ‘आधाभार-हात्तीसार जङ्गल फायरलेन क्रस कन्ट्री ५५ किमी साइक्लिङ-२०७७’ आयोजना गरेकाे छ।
सो कार्यक्रमको समापनका अवसरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले राष्ट्रिय निकुुञ्जलाई पर्यटन गन्तव्यका रुपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक कार्यक्रम घोषणा हुन आवश्यक रहेको बताए। उनले भने, ‘निकुञ्ज क्षेत्रलाई पर्यटन गन्तव्यका रुपमा विकास गर्न सके स्थानीयवासीको जीवनस्तर उकास्न योगदान पुग्छ, राज्यको समेत आयस्रोत बढ्छ ।’
जिल्लास्थित पर्यटन बोर्ड, होटेल एसोसिएशन र साइक्लिनिङ राइडरको समन्वय र सहकार्यमा आयोजना गरिएको ५५ किमी दूरीको उक्त कार्यक्रममा पूूर्वप्रधानसेनापति गौरवशम्शेर जबरा, विश्व साइकल यात्री तथा मुलुकको पर्यटन क्षेत्रमा आबद्ध सङ्घसंस्थाका प्रतिनिधि सहभागी थिए। उक्त साइकल दौडमा २ सय २० सहभागी थिए ।











