Kathmandu Press

इजरायली दूतावासद्वारा तीन अस्पताललाई स्वास्थ्य उपकरण सहयाेग

काठमाडौं, चैत २ : नेपालस्थित इजरायली दूतावासले तीन अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरेको छ।कोभिड-१९ लगायत अन्य स्वस्थ्य चुनौतीसँग लड्न तथा स्वास्थ्य सेवाको गुणस्तर...
इजरायली दूतावासद्वारा तीन अस्पताललाई स्वास्थ्य उपकरण सहयाेग


काठमाडौं, चैत २ : नेपालस्थित इजरायली दूतावासले तीन अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरेको छ।

कोभिड-१९ लगायत अन्य स्वस्थ्य चुनौतीसँग लड्न तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्न भन्दै वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र धुलिखेल अस्पताल (काठमार्डौ विश्वविद्यालय) अस्पताललाई सो सहयोग प्रदान गरेको हो। 

दूतावासले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एनेस्थेसिया भेन्टिलेटरसहित दुईवटा भ्यापोराइजर, पेसेन्ट मोनिटर, इलेक्ट्रोकार्डियोग्राफ प्रदान गरेको हो।

त्यस्तै दूतावासले वीर अस्पताललाई एबिजी मोनिटर र पेसेन्ट मोनिटर दिएको छ। धुलिखेल अस्पताललाई भने टम्बलर ड्रायर प्रदान गरेको हो। 
 

प्रकाशित मिति: १३:१३ बजे, सोमबार, चैत २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्