Kathmandu Press

वैदेशिक रोजगार व्यवसायीको आन्दोलनले सुनसान त्रिभुवन विमानस्थल

काठमाडौं जेठ १९ : मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सधै चहलपहल बाक्लो हुन्थ्यो। तर, हिजोआज त्रिवि व....

वैदेशिक रोजगार व्यवसायीको आन्दोलनले सुनसान त्रिभुवन विमानस्थल

काठमाडौं जेठ १९ : मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सधै चहलपहल बाक्लो हुन्थ्यो। तर, हिजोआज त्रिवि विमानस्थल सुनसान देखिन्छ। कारण हो, वैदेशिक रोजगारीमा जाने कामदारको उडान रोकिनु। 

वैदेशिक रोजगार व्यवसायी संघले ७ बुँदे माग अघि सार्दै एक हप्ताका लागि भन्दै जेठ १७ गतेदेखि नेपाली कामदार विदेश उडाउन छोडेपछि सधै चहलपहल हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जाने कामदारको चहलपहल ठप्प छ। विदेश उड्ने कामदार नहुँदा विमानस्थल सुनसानजस्तै देखिन्छ।

Hardik ivf

काठमाडौंप्रेससँग कुराकानी गर्दै  संघका अध्यक्ष रोहन गुरुङले सरकारले आफूहरुका माग सम्बोधन गर्न चासो नदिएकाले कामदार विदेश उडाउन रोकेको बताए। सरकारले आफूहरुका माग सुनुवाई नगरे अझै कडा आन्दोलन गर्ने गुरुङले बताए। 

तर, त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने वैदेशिक रोजगार व्यवसायी संघको आन्दोलनको आंशिक प्रभावमात्रै देखिएको बताए। ‘पहिलेभन्दा कामदारको चाप घटेको जस्तो भएको छ, तर सुनसान भने छैन,’ उनले भने।

वैदेशिक रोजगार व्यवसायी संघ मलेसियाको रोजगारी तत्काल खुलाउनु पर्ने, म्यानपावर कम्पनीको धरौटी रकमबाट ब्याज पाउनुपर्नेलगायतका ७ बुँदे माग अघि सार्दै जेठ ३ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएको छ। संघको प्रतिनिधिमण्डलले यसअघि जेठ ९ गते नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्ना मागबारे ध्यानाकर्षणसमेत गराएको थियो। 
 

प्रकाशित मिति: १८:५४ बजे, आइतबार, जेठ १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्