धुर्मुस–सुन्तली फाउन्डेसनलाई अजिङ्गरे माविको आर्थिक सहयोग

नुवाकोट, चैत्र २ : श्री अजिङ्गरे माध्यमिक विद्यालय, नुवाकोटले धुर्मुस–सुन्तली फाउन्डेसनलाई आर्थिक सहयोग गरेको छ । अजिङ्गरे मावि परिवारले आज फाउन्डेसनको बैंक खातामा १० हजार रुपैयाँ डिपोजिट गरेर आर्थिक सहयोग गरेको हो ।
सामाजिक कार्यमा सहभागिता जनाउने उद्देश्यले अजिङ्गरे माविका विद्यार्थीले समेत दुई हजार आर्थिक सहयोग गरे ।
विद्यालयका प्रअ मुकुन्द नेपालले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा धेरथोर सहयोग पुग्ने बताए । उनले भने, ‘यसैगरी समस्त विद्यालय, संघसंस्था र व्यक्तिले मुठी खोल्ने हो भने छिटै नै राष्ट्रिय गौरवको यस आयोजना समयमै सम्पन्न हुनेछ ।’
रंगशाला निर्माणका लागि विभिन्न संघसंस्थाबाट आर्थिक सहयोग जुट्दै आएको छ ।
प्रकाशित मिति: १२:०१ बजे, सोमबार, चैत २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











